शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

टोपबहादुरलाई तीन दिन थुनामा राख्‍न अनुमति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ जेठ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

- Advertisement -

प्रहरीले उनलाई सोमबार अदालत पेस गरेको हो । रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरूलाई सहयोग गरेको अनुसन्धानमा पाइएको थियो । आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो ।

हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

- Advertisement -

त्यसैगरी, सोही प्रकरणमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा फरार सूचीमा रहेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक र नेपाली कांग्रेसका सांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हिरासतमा रहेका इन्द्रजीत राईका छोरा निरजसमेत फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभनमा गिरोहले पीडितसँग १० देखि ५० लाखसम्म रकम उठाएको उजुरी प्रहरीमा परिसकेको छ । एक सय भन्दा बढी पीडितले प्रहरीकामा निवेदन दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झापा, सुनसरी, मोरङ, कास्की, अर्घाखाँची र दाङ लगायतका मानिसहरू पीडित बनेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -