बीरगन्ज,१ जेठ – नेपाल दलित मुक्ति संगठनको मधेस प्रदेशको अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । बीरगन्जको नगर सभा गृहमा सम्पन्न अधिवेशनले रामाशिस दासको नेतृत्वमा ५१ सदस्यीय मधेश प्रदेश कमिटी सर्बसहमत रुपमा चयन गरेको छ । अधिवेशनबाट पर्सा जिल्ला कमिटीको अध्यक्षमा पुनः सुशील हजरा निर्विरोध निर्वाचित भएका छन् ।
रामशिस दासको अध्यक्षा एवं नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आथित्यामा सम्पन्न भएको अधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी,पोलिट व्युरो सदस्य रामचन्द्र साह, नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विक,नेकपा (एकिकृत समाजवादी) पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापा लगायतको उपस्थिती रहेको थियो ।
अधिवेशनको उद्घाटनका सत्रलाई सम्बोधन गर्दै नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय अध्यक्ष नेपालले अहिले पनि दलितको नाम मानव मानव बिच भेदभाव छुवाछुत रहेको कुरा दुःखद भएको बताए ।
उनले नेकपा एकिकृत समाजावादी पार्टी दलितको सवालमा बाहिर र पार्टी भित्र पनि समान्ताको अधिकार दिलाउँने पक्षमा रहेको बताए । देशको हिमालदेखि तराई सम्मको सबै दलितहरुको हक अधिकारको सवालमा पार्टी गम्भीर रहेको तथा देशैभरी दलित मुक्ति तथा वर्गिय लडाईको पक्ष विगुल फुकेको बताए । लमो सघर्ष पछि प्राप्त भएको उपलब्धी एक जना संकि तथा स्वेछाचारी व्यक्तको कारण धरापमा परेको टिप्पणी गर्दै अब कसैको पछि लाग्नु नपर्ने बताउँदै नेकपा एकिकृत समाजवादीले सबै दलितहरुलाई देशको संविधानले दिएको हक अधिकार दिलाउँन काम गर्ने बताए ।