जनकपुर,०२ जेठ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक १ बजे बस्नेछ ।
प्रदेशसभाको बैठक करिब एक महिनापछि बस्न लागेको हो । यसअघि गत चैत्र २७ गते प्रदेशसभाको बैठक बसेको थियो ।
आज बस्ने प्रदेशसभाको बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको प्रदेशसभाका सचिव रंजितकुमार यादवले बताएको छ ।
उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक प्रदेशसभामा पेस हुनेछन् । अघिल्लो सरकारमा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव नै हुँदा यो विधेयक तयार पारिएको थियो ।
- Advertisement -
त्यस्तै बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पनि पेस हुने सम्भावित कार्यसूचीमा रहेको सचिव यादवले बताए ।