शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

भूमि र आवासको समस्या समाधान गर्न तीनै तहको सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले भूमि र आवासको समस्या समाधान गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक भएको बताएकी छन् । मंगलबार नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित मुलुकको आर्थिक वृद्धिमा घर जग्गा क्षेत्रको सम्भावना’ विषयक कार्यशालामा उनले सबै सरकारी र निजी क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताएकी हुन् ।

- Advertisement -

“नेपालमा भूमि र आवासको समस्या निकै पुरानो समस्या हो । यो समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीचको सहकार्य आवश्यक छ,” उनले भनिन् ।

सहरमा धन आर्जन, शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधा बढी रहेको उनको भनाइ छ । “यही कारण आज गाउँबाट सहरमा मानिस आउनेक्रम जारी छ,” उनले भनिन्, “सहरमा आउने यही क्रम र जनसंख्याको चापले भूमि, आवास र अन्य समस्या थपिँदै गएको छ ।” उनले सरकारको एक्लो प्रयासले घर तथा आवासको समस्या समाधान हुन नसक्ने बताइन् ।

- Advertisement -

मन्त्री श्रेष्ठले भूमि व्यवस्था र आवासको समस्या समाधान गर्न नीति निर्माण गर्ने कामलाई प्राथमिकतामा राखेको बताइन् । सहर भित्रिने चाप र गाउँ छोड्ने अवस्थाले भूमि र आवासको समस्या बढ्दै गएको उनको भनाई छ । सरकारले यो अवस्था अन्त्यका लागि प्रभावकारी ढंगले अगाडि बढिरहेको उनले बताइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -