बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

बीरगन्जमा लगाइएको कर्फ्यू ...

बीरगन्ज,०९ फागुन । बीरगन्जमा दुई फरक धर्मसमुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि लगाइएको कर्फ्यू बुधबार...

बारामा बाघले आक्रमण गर्दा...

बीरगन्ज,०९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम...

रौतहट प्रहरीले बरामद अवैध...

राैतहट,०९ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान...

एसपी ढुंगेलले सम्हाले पर्सा...

बीरगन्ज,०९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड एसपीं कुमोध ढुंगेलले सम्हालेका...
10.1 C
Kathmandu
17 C
Birgunj

जुनसुकै दवाव आएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार जुनसुकै दवाव आएपनि पछि नहट्ने दृढता व्यक्त गर्नुभएको छ ।

- Advertisement -

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दवावमा नपरीकन काम गर्न निर्देशन दिइएको जानकारी दिँदै निष्पक्ष रुपमा काम भईरहेको जिकिर गर्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका समिति सदस्य विश्वप्रकाश शर्माले नक्कली भूटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गर्नुभयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताउनुभएको हो ।

- Advertisement -

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइन नहुने बताउनुभयो । समितिले निस्कर्ष निकालेका विषयलाई तोडमोड गर्नु नहुने उहाँको जिकिर छ ।

नेकपा एकीकृत समाजवादीका सांसद सांसद राजेन्द्रप्रसाद पाण्डेले राहदानी विभाग, यातायात कार्यालय लगायत ड्राइभिङ लाइसेन्स लिने ठाउँ, मालपोत कार्यालयलाई व्यवस्थित बनाउन माग गर्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउन सुझाव दिनुभयो । नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको कामलाई योजनावद्ध ढंगले गर्न जरुरी रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समितिलाई शुरुवातदेखि नै व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार