सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

एमसीसी पारित भएपछि अमेरिकन सक्रियता बढन थाल्यो- झलनाथ खनाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपाल प्रति बैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो थप बढेको नेता खनालले बताएका छन् ।

- Advertisement -

आज बिहान काठमाडौंमा आयोजित ३० औं मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै एमसीसी पारित भए पछि अमेरिकन नेताहरु तारान्तर नेपाल आउन थालेका हुन । ‘एमसीसी पारित भए पछि अमेकिरन नेताहरु तारान्तार नेपाल आएका छन, आउने बितिक्कै उनीहरु तिब्बतियनहरुलाई भेटन पुग्छन र गृहमन्त्रीलाई भेटेर उनीहरुको परिचय पत्र बनाउन लगाउँछन्,’ उनले भने।

‘यो सब भईरहेको बिषयलाई गम्भिर रुपमा हेर्नुपर्छ, अमेरिकनहरुवाट खुल्लम खुल्ला रुपमा यस्तो बैदेशिक हस्तक्षेप यसअघि कहिल्यै भएको थिएन ।’

- Advertisement -

पछिल्लो समयमा राष्ट्र र राष्ट्रियतामाथि विदेशी चलखे‍ल थप बढेको उल्लेख गर्दै नेता खनालले देशमा संकट पर्दा मदन भण्डारीलाई स्मरण गर्नुपर्ने अवस्था आएको जनाएका छन् । भण्डारीले बैदशिक हस्तक्षेपका बिरुद्ध डटेर सामना गर्नका लागि सदैव प्रेरणा दिने गरेको पनि खनालले स्मरण गरेका छन् ।

नेकपा एमालेसँग अलग भए पछि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका बिपक्षमा उभिदै आएका खनालले बामपन्थी एकता कायमै राख्न सकेमा सातवटै प्रदेशमा कम्युनिष्टहरुको सरकार भन्न बाँकी राखेनन । ‘बामपन्थीहरु बित एकता कायम गर्ने हो भने सातै प्रदेशमा कम्युनिष्टहरुको सरकार बन्दछ, मदन भण्डारीले कम्युनिष्ट एकताका लागि सदैव त्याग गर्नु भएको थियो, उहाँवाट यो पाठ सिक्नु पर्छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्‍याउनुपर्नेमा जोड गरेका छन । ‘यो काण्डलाई अपराधको मात्र हो भनेर सिमित गर्नु हुदैँन, यो राष्ट्रघाति र देशद्रोही कार्य हो, ’ खनालको भनाई थियो । प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्ने जनाउँदै खनालले त्यसमा राजनीतिक हस्तक्षेप हुन नहुने जनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -