सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई छोड्नु हुँदैन : डा. शेखर कोइराला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भुटानी शरणार्थी प्रकरणले देशकै शाख गिराएको भन्दै यसमा अब पनि ढाकछोप गर्न खोजे जनताको विश्वास गुम्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले शरणार्थी प्रकरणमा इमान्दारपूर्वक सबै तहका दोषीलाई कानुनको दायरामा ल्याउन सकेमात्रै जनताको विश्वास राजनीतिक दलमा फिर्ता हुने बताए ।

- Advertisement -

“नक्कली भुटानी शरणार्थी प्रकरणमा ढाकछोप गरेर अघि जान सकिँदैन । यसलाई ढाकछोप गर्न खोज्यौं भने हाम्रो अवस्था त भन्न सकिँदैन तर देशकै अवस्था नाजुक भएर जान्छ,” डा. कोइरालले भने, “यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यसैले कुनै पनि बाहनामा कसैले पनि कुनै पनि प्रलोभनमा गलत काम गरेको छ भने उसले सजाय पाउनैपर्छ । चाहे त्यो जुनसुकै तहको मान्छे किन नहोस् ।”

उनले नेपालको सार्वभौमिकतामाथि नै प्रहार हुने यो घटना विषयान्तर गर्न अन्य विषयको उठान भने जोडतोडका साथ भइरहेको भन्दै त्यसमा सचेत हुन नागरिकलाई आग्रह गरे । “भ्रष्टाचारको जालोले भोलि कस–कसलाई हान्छ फरक कुरा हो । तर, यो मुद्दालाई कमजोर बनाउन अरु कुरा ल्याइएको हो कि भन्ने लागेको छ,” डा. कोइरालाले थपे, “यतातिर तपाईं हाम्रो ध्यान जान जरुरी छ । नेपालको सार्वभौमिकतामाथि प्रहार भएको छ । नागरिकलाई अनागरिक बनाएर बेच्ने, योभन्दा अरु लज्जास्पद कुनै कुरा हुन्छ ?” उनले भने ।

- Advertisement -

उनले निर्वाचन अघि गठबन्धन गर्नु कमजोरी भएको बताए । अब वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्ने प्रण गर्नुपर्ने बताए । मिश्रित निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत आउँदन भन्दै उनले भने, “यसले कस्तो विकृति आउँछ भन्ने कुरा हामीले दश वर्षमा देखिसकेका छौँ ।”

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -