बिहिबार, फाल्गुन १७, २०८०
Thu, February 29, 2024

सेफ्टी ट्याङ्करमा ४७५...

काठमाडौँ,१७ फागुन । सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको छ...

बाराप्रहरीद्धारा सामानसहित ट्रक नियन्त्रणमा

बारा,१७ फागुन । बारा प्रहरीले बिल भन्दा बढी स्रोत खुल्न नसकेको सामान सहित...

मुआब्जा बिवादको कारणले निर्माण...

बाार,१७ फागुन । मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको...

बहुदरमाईमा नि:शुल्क आँखा शिविर...

बीरगन्ज,१७ फागुन । पर्साकाे बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा नि:शुल्क आँखा...
21.1 C
Kathmandu
28.8 C
Birgunj

सिर्सिया नदीलाई प्रदुषणमुक्त गराउन बीरगन्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०५ जेठ । पर्साको बीरगन्ज भएर बग्ने ऐतिहासिक सिर्सिया नदीलाई प्रदुषणमुक्त गराउन चुरे अभियान्ताहरु र स्थानीय काठमाडौं पुगेर आन्दोलन गर्ने भएका छन् ।

- Advertisement -

चुरे तथा वन जंगल संरक्षण अभियानको आयोजनामा चुरे अभियान्ता र स्थानीयगरी ३५ जनाले उक्त नदीलाई प्रदुषणमुक्त गराउन बीरगन्ज देखि काठमाडौंसम्मको पदयात्रा सुरु गरेका हुन् । बिहिबार साँझ नदीबाट फोहोर (प्रदुषित) पानी बोकेर उनीहरु पैदल काठमाडौं हिडेका हुन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ३ स्थित रामवन झाडीमा सिर्सिया नदीको मुहान छ । यो नदी बाह्रैमास बग्छ ।

- Advertisement -

स्थानीयका अनुसार नदीको मुहानमा अहिले पनि पानी हरियो र सफा देखिन्छ । तर, बीरगन्ज नपुग्दै पानी कालो हुन्छ । बीरगन्ज क्षेत्रमा नदीको पानी फोहोरको लेदो जस्तै भएको छ । यसरी प्रदुषित औद्योगिक प्रदूषणको चपेटामा परेर भएको छ ।

बीरगन्ज–पथलैया करिडोरमा सञ्चालित सयौं उद्योग कलकारखानाले प्रदुषणयुक्त पानी सिधा नदीमा फाल्छ । विशेषगरी छाला, डिस्टिलरी, टेक्सटायल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्किने रसायन तथा विकारयुक्त फोहोर पानी नदीमा खसालिन्छ ।

पदयात्रामा १८ महिलासहित ३५ जना सहभागी रहेको र अहिले हामी अमलेखगञ्ज पुगिसकेको सामाजिक अभियान्ता सरोज रायले जानकारी दिए । नदीलाई प्रदुषणमुक्त गराउन पदयात्रा सुरु गरेको र काठमाडौं पुगेर माइतीघर मण्डलामा धर्ना बस्ने बताए । उनले भने– सरकारले माग पुरा नगरेसम्म धर्ना जारी राख्छौं ।

सिर्सिया नदीको प्रदुषणबाट लाखौं सर्वसधारणको जनजीवन र कृषिमा समेत प्रतिकुल असर परिरहे पनि सम्बन्धित निकायले सफाइमा चासो नदेखाएपछि बाध्य भएर आन्दोलनका लागि काठमाडौं हिडेको अभियन्ता रायको भनाई छ ।

उनले भने, ‘नदीको पानी अहिले फोहोर (प्रदुषण)ले विष बनिसकेको छ । पानीमा हात राखेपछि असर गर्छ । पशुहरु त्यो पानी खाएपछि मर्ने गर्छ । खेतमा सिँचाई गर्दा बाली नै सखाप हुन्छ ।’

‘नदी सफाईका लागि पटक पटक आन्दोलन भएको छ’, उनले भने, ‘तर आन्दोलन नै टिक्दैन । नदीमा प्रदुषणयुक्त पानी फाल्ने उद्योगीहरु सबैलाई प्रभावमा पार्छन् । नेताहरु समेत बोल्दैनन् । त्यसैले हामी बोल्ने आँट गरेर काठमाडौं लागेका छौं ।’

 

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार