शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
28 C
Birgunj

नीति तथा कार्यक्रम पास हुन नदिने एमाले रणनीति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,७ जेठ –  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ ।

- Advertisement -

आज बस्ने दुवै सदनको बैठकमा सरकारले आगामी आर्थिक वर्ष ०८०–८१ का लागि ल्याएको नीति था कार्यक्रममाथि छलफल हुने कार्यसूची छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सत्तारुढ गठबन्धनका तर्फबाट ल्याइएको नीति तथा कार्यक्रमको विपक्षमा देखिएको छ ।

- Advertisement -

उसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नदिने रणनीति अपनाएको छ । त्यसका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई संसदमा छलफलका क्रममा कडाइका साथ प्रस्तुत हुन समेत निर्देशन दिइसकेका छन् ।

शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका छन् ।

उनले आफ्ना सांसदहरुलाई कडाइका साथ त्यसको विरोधमा उभिन निर्देशन दिएका हुन् । नीति तथा कार्यक्रममा समावेश विषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको भन्दै उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरु पनि सन्तोषजनक नरहेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताए ।

‘नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै योजना छैन । यो नीति वार्षिक कार्ययोजनामात्र हो’, उनले भने, ‘यसले देशको मार्गदर्शन गर्दैन । यो स्वीकार र समर्थन योग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।’

उनले अगाडी थपे, ‘एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्’, उनले भने, ‘त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ । संसद्मा जति समय पाउनुहुन्छ । आफ्ना कुरा कडाइका साथ राख्नुहोला ।’

नेता ओलीले पञ्चवर्षीय योजना, संविधान, मौलिक हकसँग नीति तथा कार्यक्रम जोडिएर आउनुपर्नेमा जोड दिए । सभार :दृष्टि न्युज

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -