शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

बझाङमा गएको हिमपहिरोमा एक जनाको मृत्यु पुष्टी, २ जना अझै बेपत्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनगढी,७ जेठ बझाङमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । सुर्मा गाउँपालिका–३ घर भएर यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

- Advertisement -

उनकाअनुसार घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगेपनि स्थानीय बासिन्दाले बोहराको शव भेटिएको जानकारी प्रहरीलाई गराएका छन् । हिमपहिरोमा परेर बेपत्ता भएका अन्य दुई जनाको भने खोजी भइरहेको डीएसपी भण्डारीले बताए ।

उनका अनुसार पहिरोमा परेर दुई जना घाइते भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो गएको खबर स्थानीय बासिन्दाले दिएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ । तर पैदल जानुपर्ने तथा ठाउँ दुर्गम रहेकोले त्यहाँ पुग्न समय लाग्ने प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -