शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

त्रिभुवन विश्वविद्यालयले छात्रवृत्ति दरखास्तका...

काठमाडौँ,०८ वैशाख । त्रिभुवन विश्वविद्यालयले छात्रवृत्तिको लागि दिएको समय थप गरेको छ...

सगरमाथा आरोहणका लागि ३५२...

काठमाडौं, ०८वैशाख । यस वषैको वसन्तयाममा विश्वको सर्वौच्च शिखर सगरमाथा आरोहणका लागि ३५२...

इजाजतपत्र नलिई सञ्चालित विराट...

विराटनगर,०८ वैशाख ।इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले...

घाँटीमा भगवानको लकेट लगाउनु...

काठमाडाैँ,०८ वैशाख । तपाईं धेरै व्यक्तिले भगवानको लकेट बनाएर लगाएको देख्नुभएको होला ।...
29.1 C
Kathmandu
40.8 C
Birgunj

नीति तथा कार्यक्रममा वीरगञ्ज चिनी कारखानालाई छुटाइएकाेप्रति सांसद यादवकाे आपत्ति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,७ जेठ – वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रमको छुटाइएकोप्रति पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले आपत्ती जनाएका छन् ।

- Advertisement -

प्रतिनीधि सभाको आजको विशेष समयमा बोल्दै सांसद् यादवले सरकारले बन्द रहेका उद्योग सञ्चालन गर्ने विषय समावेश गरेपनि वीरगञ्ज चिनी कारखानालाई छुटाएको भन्दै आपत्ती जनाए । मधेश प्रदेशका कृषकहरुको आशाको केन्द्र वीरगञ्ज चिनी कारखाना सञ्चालनमा आए यहाँका जनताले रोजगारी पाउनुका साथै कृषकको उखुले बजार पाउने दावी गरे ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम समग्रमा सन्तोषजक भएपनि कार्यन्वयनमा यादवले आशंका व्यक्त गरेका छन् । पूर्व मन्त्रीसमेत रहेका यादले भने, ‘नीति तथा कार्यक्रम समग्रमा राम्रै छ । केही विगतकै कार्यक्रमले पनि निरन्तरता पाएका छन् भने केही थपिएका छन् । तर कार्यन्वयन हुन गाह्रो छ । यसअघिकै कार्यक्रम पनि कार्यन्वयन हुन सकेका छैनन् । यदि नीति तथा कार्यक्रम कार्यन्वयन हुन सक्यो भने देश कायापलट हुन कुनै समय लाग्दैन ।’
देशमा मन्दीले विकराल रुप लिँदै गर्दा अर्थतन्त्र सबल र सुदृढ बन्दै गएको भन्ने मनगढन्ते कुरा सरकारले बोलिरहेको यादवको टिप्पणी छ । अविश्वसनीय नीति तथा कार्यक्रमले सरकारको अर्थतन्त्रलाई सबल बनाउन नसकिने उनको ठहर छ ।
नीति तथा कार्यक्रममा ढुंगा खानीको संरक्षण गर्ने कुरा उल्लेख गर्नुलाई सकारात्मक पक्षका रुपमा लिएपनि ढुंगाको निकासी गर्ने विषयमा भने उनले असन्तुष्टी पोखे । प्राकृतिक सम्पदा निकासी हुँदा भूमण्डलीय स्वरुप खलबलिनुका साथै ढुंगा निकासीले मधेशलाई मरुभूमि बनाउने योजनाको रुपमा ल्याएको यादवको बुझाई छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा जोड दिँदै पूर्वमन्त्री यादवले कनिका छरे जसरी बजेट नराखी निर्माणका लागि लाग्ने बजेटको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

- Advertisement -

त्यसअघि सांसद यादवले संघियता कसैको उपहार र बक्सिसका रुपमा नआएको दावी गर्दै हजारौँ मधेशी, दलित, जनजाती, महिला लगायतको आन्दोलनको देन भएको बताए । संघियतालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी जत्तिकै पनि अधिकार नदिएको बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार