शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
25.1 C
Kathmandu
31 C
Birgunj

सामुदायिक विद्यालयमा मेयर सिंहको आकस्मिक अनुगमन, एकै विद्यालयका २४ शिक्षक कारबाहीमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
  • वीरगञ्ज,७ जेठ-  वीरगञ्जको श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुरमा कार्यरत २४ जना शिक्षक कारबाहीमा परेका छन् ।
  • विद्यालयका प्रधानाध्यापकसहित २४ जना आकस्मिक अनुगमनका क्रममा अनुपस्थित देखिएकाले कारबाही स्वरुप महानरपालिकाले स्पष्टिकरण सोधेको छ ।
  • महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैँ आइतबार बिहान आकस्मिक अनुगमनमा पुग्दा उक्त विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालसहित २४ जना शिक्षकहरु अनुपस्थित भेटिएकाले उनीहरुसँग स्पष्टिकरण माग गरिएको शिक्षा महाशाखा प्रमुख अरबिन्द लाल कर्णले जानकारी दिनुभयो ।
  • विद्यालयमा भौतिक रुपमा भेटिएको भए पनि हाजिरी गरेको नपाइएकाले उनीसँग स्पष्टिकरण माग गरिएको उहाँले प्रष्ट पार्नुभयो ।महानगरप्रमुख सिंहले पठन पाठनमा कुनै प्रभाव नपर्ने गरी विद्यालयमा देखिएको शिक्षकको कमी यथाशक्य चाँडो पूरा गर्ने गरी आफूहरु लागेको बताउनुभयो ।
    यस्तै महानगरप्रमुख सिंहले आइतबार बिहान वडा नम्वर १४ पिपरामा रहेको नृसिंह माद्यमिक विद्यालय र वडा नम्वर ४ मा रहेको श्री त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम उच्च माद्यमिक विद्यालयको समेत अनुगमन गर्नुभएको छ ।
    दुबै विद्यालयमा यो शैक्षिक सत्रदेखि पूर्ण रुपमा अग्रेजी माद्यममा पठन पाठन सुरु गरिएको छ । विद्यार्थीको पठन पाठन प्रभावित हुन नदिन विद्यालयमा देखिएको शिक्षक अभाव तत्काल पूर्ति गर्ने काम अघि बढाइने पनि उहाँले बताउनुभयो । यस्तै कक्षाकोठाको अभाव पनि देखिएकाले त्यसको समाधानमा पनि आफूहरु लागि परेको उहाँले बताउनुभएको थियो ।
    अनुगमनमा महानगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण लगायत रहनु भएको थियो ।
- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार