शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

झापामा पोथी हात्ती मृत फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ ।

- Advertisement -

आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए ।

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन । हात्तीको मृत्युको कारणबारे खोजी भइरहेको जनाएको छ । स्थानीयवासीले मृत हात्तीमाथि पूजाआजासमेत गरेका छन् ।

- Advertisement -

झापामा चालु आर्थिक वर्षमा योसँगै दुई हात्तीको मृत्यु भएको छ भने हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -