जकपुरधाम,९ जेठ मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सरकार विस्तार गरेका छन् । आज ९मंगलबार० नेपाली कांग्रेस दुई र एकीकृत समाजवादीका एक मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मधेसमा कांग्रेसले दुई मन्त्रालय लिंदै सरकारमा सहभागी भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति हुन् भने सिंह कोषाध्यक्ष हुन् ।
नवनियुक्त मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गापेणीयताको शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रीमा नियुक्त भएका सिंहका अनुसार कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएपनि पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने कांग्रेसको तयारी छ । मधेश प्रदेशम अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् ।