शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

काभा महिला भलिबलमा आज नेपाल-भारत भिड्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० जेठ –   नेपालमा जारी एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । दुई टोलीबीचको खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ।

- Advertisement -

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो । दुई खेल जितेर नेपाल समूह एबाट अन्तिम चारमा पुगिसकेको छ ।

भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको छ । नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।

- Advertisement -

यो समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेका छन्। यस्तै समूह बीबाट कजाकस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन्।

बुधबार बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।​ श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -