शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

नीति तथा कार्यक्रम चीर निन्द्रामा सुतिरहेको बुढानिलकण्ठको शालिकजस्तो रहेको सांसद गोकर्ण विष्ट टिप्पणी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं – नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारले ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रम मुलुकको हितमा नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विष्टले नीति तथा कार्यक्रम चीर निन्द्रामा सुतिरहेको बुढानिलकण्ठको शालिकजस्तो भन्दै टिप्पणी समेत गरे।

- Advertisement -

उनले भने,’ सरकारको नीति तथा कार्यक्रम सामान्य अवस्थाको नीति कार्यक्रम जस्तै छ। यो कार्यक्रम चीर निन्द्रमा सुतिरहेको बुढानिलकण्ठको शालिक जस्तै छ । जसमा कुनै चलायमान छैन, जसमा कुनै उर्जा छैन। गतिशीलता छैन। जसमा कुनै दम छैन।’ यस्तो किसिमको नीति तथा कार्यक्रमले देशको विकास हुँदैन।’

पुँजीगत खर्चको तुलनामा साधारण खर्च करिब ३ /४ गुणा बेसी हुने अवस्था उत्पन्न भएको उनको भनाइ छ । उनले १ वर्षमा २० प्रतिशतका दरले कर्जा प्रवाहको वृद्धिदर बढिरहेको बताए।

- Advertisement -

समस्याको समाधान खोज्नेगरी गहिराइबाट नीति तथा कार्यक्रम नआएसम्म मुलुकको समस्या समाधान नहुने बताए। त्यसका लागि टालटुले सुधार नभइ अर्थतन्त्रमा संरचनागत सुधारको आवश्यक रहेको उनले बताए।

नीति तथा कार्यक्रम रचनात्मक ढंगले सल्लाह लिएर अघि बढाउन आग्रह गरे। उनले भने,’सरकारको नीति कार्यक्रमले विगतको कुनै सन्दर्भलाई जोडेको छैन। साइनो देखाएको छैन। १५ औं योजनाको यो अन्तिम वर्ष हो। १५ योजनाको दिर्घकालीन सोच, राष्ट्रिय लक्ष्य, राष्ट्रिय रणनीति रुपान्तरणको प्रमुख संवाहक दिर्घकालीन सोचका प्रमुख परिणात्मक संगति देखिदैन।’

उनले देश न्यून राजश्व संकलन, मूल्य वृद्धि,व्यापार घाटा, तरलताको संकूचन, ऋणात्मक आर्थिक वृद्धि, युवा पलायन बढ्दो, भ्रष्टाचार र जनतामा व्याप्त असन्तुष्टिले जगडिरहेको बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -