सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

मधेश प्रदेश सभाको बैठक जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१० जेठ । मधेश प्रदेश सभाको १३ औँ बैठक आज दिउँसोबाट शुरु भएको छ ।

- Advertisement -

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा शुरु भएको बैठकमा विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले नेपाल भारतको सिमानामा घर व्यवहार गर्नका लागि ल्याउनेसँग प्रहरीले गरिरहेको दुर्व्यवहार प्रति मधेश सरकार मार्फत संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले माइतीघर मण्डलामा दोषी माथि कारवाहीको माग सहित धर्नामा बस्नु भएको महिलाको मागको सम्बोधन गर्नका लागि माग गर्दै प्रदेश सरकारले जनताको अनुभूति गर्ने काम भएको छैन । उहाँले स्थानीय तहमा जाने गरेको सशर्त अनुदानको रकम समानुपातिक ढंगले न्यायोचित तरिकाले गर्नका लागि आग्रह गर्दै कसैलाई काखा र पाखा गर्न नमिल्ने बताउनुभयो ।

- Advertisement -

नेकपा एमालेका प्रदेश सभाका सदस्य शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशको समृद्धि र विकासका लागि कृषि क्षेत्रको समुचित विकास, उन्नत मल, बिउँ, सिँचाइको प्रबन्ध गर्नु पर्ने विषयमा सरकारको ध्यानाकर्षण गर्नु भयो ।

नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य श्याम प्रसाद पटेलले पर्सा जिल्लाको ठोरी, रामभठ्ठा सहितको ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक भएको बताउँदै सशर्त अनुदानको रकम बाँडफाँडमा इमान्दार प्रयास गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले वर्तमान मधेश प्रदेश सरकारको गति कछुवा भन्दा पनि सुस्त भएको बताउँदै संघीय सरकारले सुशासनका लागि चालेको कदमको सराहना गर्नु भयो । उहाँले सरकारी गाडीको व्यापक मात्रामा दुरुपयोग भएको र योजनामा रकम माग्ने काम भएको बताउनु भयो ।

प्रदेश सभाको बैठकमा जनमत पार्टीका सतिश कुमार सिंह, जनता समाजवादी पार्टी नेपालका प्रदेश सभाका सदस्य ललिता दास सहितका प्रदेश सभाका सदस्यहरुले बोल्नु भएको थियो । प्रदेश सभाको बैठक जारी नै रहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -