शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

बिल बिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको भारतीय पिकअप नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० जेठ । पर्सा प्रहरीले बिल बिजकभन्दा बढी मूल्यको सामग्री लोड गरिएको एउटा भारतीय सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

- Advertisement -

प्रहरीले मङ्गलबार साँझ खुद्रा सामग्री र लत्ताकपडा लोड गरेर शुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट बीरगन्ज बजार तर्फ आइरहेको बिआर ०५ जिसि ३०१७ नम्बरको भारतीय पिकअपलाई नियन्त्रणमा लिएको हो । पिकअपमा बिल विजकभन्दा बढी मूल्य बराबरको सामग्री लोड रहेको प्रहरीको दावी छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीकाअनुसार विशेष सूचनाको आधारमा पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा बिल बिजक शङ्कास्पद देखिएकाले पिकअपलाई नियन्त्रणमा लिइएको थियो ।

- Advertisement -

नियन्त्रित पिकअप र बरामद सामानको प्रहरीले १७ लाख ३९ हजार ४ सय ४८ रुपैयाँ मूल्याङ्कन कायम गर्दै थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी गिरीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -