मङ्लबार, असार ५, २०८१
Tue, June 18, 2024

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त...

४ असार, भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ...

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

४ असार, लमजुङ । गएराति देखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ...

राहुल गान्धीले छोडेको वायनाड...

४ असार, नयाँदिल्ली । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट...

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा...

४ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटमा आज सर्वोच्च अदालतमा...
23.1 C
Kathmandu
35.1 C
Birgunj

सामाजिक सञ्जालबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने एक युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ– सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

- Advertisement -

भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरेर सो कार्यको स्क्रिन रेकर्ड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानी गरी म्यासेज पठाएको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।

उक्त कार्यबाट पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दुःख, हैरानी र बेइज्जत गर्नाका साथै चरित्रहत्या गरेको उजुरीका आधारमा भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार