सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

ग्राहकको खाताबाट ९ लाख गायब भएपछि माछापुच्छ्रे बैंकले दियो स्पष्टीकरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१० जेठ । माछापुच्छ्रे बैंकले रौतहटस्थित चन्द्रपुर शाखाबाट ग्राहकको रकम हराउनुमा आफ्नो बैंकिङ सिस्टमको दोष नभएको दाबी गरेको छ ।एक विज्ञप्ति जारी गर्दै बैंकले खाताबाट ग्राहकको रकम हराउनुमा बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी कोड ग्राहककै मोबाइल नम्बरमा गएको स्पष्टीकरण दिएकाे छ ।

- Advertisement -

आइतबार विभिन्न सञ्चारमाध्यममा रौतहटको वृन्दावन नगरपालिका-३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंककाे खाताबाट आठ लाख रुपैयाँ गायब भएको समाचार बाहिरिएको थियो । यसपछि मंगलबार ​एक विज्ञप्ति जारी गर्दै बैंकले ग्राहककै माेबाइल बैंकिङमार्फत उक्त रकम काराेबार भएकाे जनाएकाे छ ।

“ग्राहकको गुनासो प्राप्त भएपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ,” बैंकले विज्ञप्तिमा भनेको छ, “बैंकबाट पठाइएका कोड अनधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनधिकृत पहुँच नपुऱ्याई उक्त कारोबार हुन नसक्ने देखिन्छ ।”

- Advertisement -

यस विषयमा थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोध गरिएको बैंकले जानकारी जनाएको छ । बैंक अकाउन्टबाट रकम गायब भएपछि सोमबार पीडित र उनको परिवारले बैंक कार्यालय घेराउ गरेका थिए ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -