शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

छिपहरमाई गाउँपालिकामा अख्तियारको छापा,भ्रष्टाचार भएको योजनाका फाईलहरु अख्तियारको नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,१० जेठ – पर्साको छिपहरमाई गाउँपालिकामा अख्तियार दुरुपयोग आयोगले छापा मारेको छ । गाउँपालिकाको काम कारवाही र विकास निर्माणमा चरम भ्रष्टाचारको सूचनाको अधारमा कार्यालय पुगेको अख्तियारको टोलीले गाउँपालिका कार्यालयको आवश्यक कागाजातहरु नियन्त्रणमा लिएको छ ।

- Advertisement -

भ्रष्टाचारको विरुद्धमा गुनासो तथा उजुरी परेपछि अख्तियारेको टोली पुगेको स्रोतको दावी छ । टोलीले गाउँपालिकाको विरुद्ध परेको उजुरी सम्बन्धि कागजात माग गर्दापनि गाँउपालिका कार्यालयले उपलब्ध नगराएपछि मंगलबार अख्तियार टोलीले गाउँपालिका कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले गाउँपालिका कार्यालयमा छापा मारी उजुरी परेका योजना सम्बन्धि फाइल र कागजातहरु नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा लगायतका जनप्रतिनिधि र कर्मचारीले मिलोमतोमा विभिन्न योजना, कर्मचारी नियुक्ति, सामग्री खरिद लगायतमा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले सम्बन्धित योजनाहरुको कागजात माग गरेको थियो । तर प्रमुख प्रशासकीय अधिकृत ओझाले कागजात उपलब्ध गराउन आलटाल गर्दै आएका थिए ।

- Advertisement -

पटकपटक आग्रह गर्दापनि गाउँपालिकाले कागजात उपलब्ध नगराएपछि अख्तियार टोलीले कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । ‘हामीले कयौँ पटक कागजातहरु माग ग¥यौं तर छिपहरमाईका कर्मचारी र जनप्रतिनिधिले विभिन्न बहाना बनाउँदै फाइल दिन आनाकानी गर्दै आइरहेका थिए,’ सूचना अधिकारी सापकोटाले भने, ‘अत्ती भएपछि हामी आफै गाउँपालिका पुगेका हौँ, आवश्यक कागजात र फाइलहरु नियन्त्रणमा लिएर आएका छौँ ।’ सूचना अधिकारी सापकोटाका अनुसार गाउँपालिकाका अध्यक्ष गुप्ता र प्रमुख प्रशासकीय अधिकृत ओझाविरुद्ध कम्तिमा पनि १५ वटा उजुरी परेको छ ।

फाइलहरु छिपहरमाईविरुद्ध परेका उजुरीका विषयमा छानविनी गरिरहेका अनुसन्धान अधिकृतलाई बुझाइएको सापकोटाको जानकारी दिए । अनुसन्धानका क्रममा भ्रष्टाचार ठहर भए अख्तियारले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले भने छापामारी नभएको बताउँदै भ्रष्टाचार बारे उजुरी परेपछि अनुसन्धानको लागि अख्तियारको टोली गाउँपालिका आएको बताए । उनले टोलीलाई गाउँपालिकाको कर्मचारीहरुकै सहयोगमा अनुसन्धानको लागि आवश्यक पर्ने कागाजहरु उपलब्ध गराइएको दावी गरे । उनले गाउँपालिकामा कहिकतै भ्रष्टाचार नभएको दावी गर्दै अख्तियारको अनुसन्धानमा पुर्णरुपमा सहयोग गर्ने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -