शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,११ जेठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा जाने तयारी गरेका छन् । उनले प्रतिनिधिसभामा बजेट प्रस्तुत भइसकेपछि जेठ १७ देखि २० सम्म भारत भ्रमणमा निस्किने तयारी गरेका हुन् ।

- Advertisement -

त्यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको जनाएको छ । गएको पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड चैतमै भारत जाने तयारीमा थिए । तर, भारतीय प्रधानमन्त्रीको समय अभावका कारण सफल भएन । वैशाखमा भ्रमणको लागि पनि सरकारले तयारी गरेको थियो । तर, जेठमा मात्रै सम्भव हुन लागेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते नयाँदिल्ली प्रस्थान गर्ने र सोही दिन उनलाई भारतका विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ ।

- Advertisement -

भेटवार्तापछि नेपाल र भारतबीच केही महत्वपूर्ण सम्झौता र समझदारी आदानप्रदान हुनेछ । जेठको १९ गते प्रचण्डले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -