रौतहट,११ जेठ । रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका ७५ वर्षीय शेख तैयबको हत्या भएको छ । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन।
इलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्सपेक्टर गोबिन्द साहले भने मृतक शेख तैयवको टाउकोमा गम्भीर खत देखिएको बताए । उनको शव पोर्टमार्टका लागि पठाइएको र रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्नेबारे खुल्ने जानकारी दिए ।
देवाहि गोनाही १ करूनियाबाट लक्षमिनिय जाने बाटो छेउमा आज बिहान उनको शव फेला परेको इन्स्पेक्टर साहले बताए । तैयबको गए रातिनै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
आज बिहान स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको साहले बताए। मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाएको छ ।