शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादीले जेठ १६ मा देशव्यापी विरोध प्रदर्शन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,११ जेठ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचार र राष्ट्रद्रोहका विरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ।

- Advertisement -

बुधबार सम्पन्न उक्त पार्टीको मोर्चा संगठन विभागको नवौँ बैठकले उक्त निर्णय गरेको हो । बैठक पार्टी उपमहासचिव तथा विभागका प्रमुख डा.विजय पौडेलको अध्यक्षतामा बसेको थियो।

बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरेको हो। काठमाडौँ उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरेको छ।

- Advertisement -

त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ।

उक्त विभागले यसअघि पनि काठमाडौँसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -