काठमाडाैँ,११ जेठ । उपराष्ट्रपति रामसहाय यादवले सशस्त्र द्वन्द्वका शहीद, वेपत्ता योद्धाहरुको सम्बोधनको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीवार राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिको १७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले अपाङ्ग घाईते र उनीहरुको परिवारजनहरुले राखेका कुरो सरकारले नीति तथा कार्यक्रममा राखेको भन्दै उनीहरुको भावनाको सम्बोधन हुने विश्वास व्यक्त गरे।
उनले भने ‘बीर शहीद र वेपत्ता योद्धाहरु ,अपाङ्ग घाईते र उहाँहरुको परिवारजनहरुले जे कुरा यहाँ राख्नुभयो सरकारले नीति तथा कार्यक्रममा यस विषयमा कार्यक्रम ल्याएको छ। मलाई लाग्छ यहाँहरुको भावनाको सम्बोधन हुन्छ । मलाई पनि ध्यानाकर्षण गराउँनु भयो आउँने दिनमा मेरो भूमिका सरकारलाई भन्ने र सम्बन्धित निकायलाई पनि मेरो पहल हुनेछ।’
उपराष्ट्रपति यादवले शहीदहरु सबैका साझा सम्पत्ति भएकाले अमूल्य सम्पत्तिको संरक्षण गर्न सबै जनता तथा राजनीतिज्ञहरुको कर्तव्य भएको टिप्पणी गरे।