मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

रौतहटमा हाकिमको नक्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,११ जेठ । रौतहट जिल्लाको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्याेट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन्।

- Advertisement -

हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्याेट गर्ने प्रयास गरेका गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रहेका रामनारायण साहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो।

नगरपालिका कार्यालयमा पोषणसम्बन्धी शाखामा कार्यरत कर्मचारी सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनलाई पक्राउ गरेको हो।

- Advertisement -

पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्याेट गरेको फेला परेको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद जयसवालले बताए।

पाँच लाख रुपैयाँको गोश्वारा भौचरमा सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरी फर्स्याेट गरेको फेला परेपछि कार्यालय प्रमुख भूदेव झाले प्रहरीलाई खबर गरेका थिए। सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सहनीलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -