मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

बीरगन्जमा यौन धन्दा चलाउने लक्ष्मी होटलका सञ्चालक तथा संलग्नहरु पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२ जेठ । होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्सा प्रहरीले होटल सञ्चालक र यौन धन्दामा संलग्नहरुलाई पक्राउ गरेको छ ।

- Advertisement -

बीरगन्ज महानगरपालिका – १६ नगवास्थित लक्ष्मी होटल एण्ड पार्टी प्यालेसले यौन व्यवसाय चलिरहेको विशेष सूचनाको आधारमा पर्सा प्रहरीले छापामारी गरेर सञ्चालकसहित सातजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा होटल सञ्चालक जिराभवानी गाउँपालिका – १ निवासी विनोद मुखियासहित दुई भारतीय कमलेश कुमार र सतिश कुमार र पाँचजना युवती रहेका छन् ।

- Advertisement -

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले बिहिबार दिउँसो होटलमा छापामारी गर्दा त्यहाँ यौन धन्दा चलिरहेको थियो । यौन धन्दा चलाएर टोलमा विकृति फैलाएको स्थानीयले गरेको गुनासोको आधारमा प्रहरीले छापामारी गरेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार होटल सञ्चालक मुखियाले कोठा भाडामा लिन आउने ग्राहकलाई आफूसँग केटिपनि उपलब्ध रहेको बताउने गरेका थिए । त्यसपछि ग्राहकलाई ह्वाट्सएप र भाइबर मार्फत उनले केटीको फोटो पठाउँथे, ग्राहकले मनपाएको केटीलाई आफ्नै होटलमा बोलाएर यौन धन्दा सञ्चालन गर्थे ।

मुखियाले होटलमा लामो समयदेखि यौन धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् । त्यसो नगर्न चेतवानी दिँदापनि नमानेपछि प्रहरीलाई जानकारी गराइएको उनीहरुको भनाई छ ।

बीरगन्ज बसपार्क र नगवा क्षेत्र यौन व्यवसायका लागि बद्नाम छ । यस क्षेत्रमा रहेका होटल तथा लजहरुमा प्रहरीले समयसमयमा छापामारी गरेपनि यौन व्यवसायलाई नियन्त्रण भने गर्न सकेको छैन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -