बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

पर्साबाट ठुलो मात्रामा लागूऔषध चरेससहित एक युवक प्रकाउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२ जेठ । पर्सा प्रहरीले ठूलो मात्रामा लागूऔषध चरेससहित एक युवकलाई प्रकाउ परेकाे छ ।

- Advertisement -

जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर १ स्थित नगर सडक खण्डबाट प्रहरीले सोही स्थानका २१ वर्षीय अनिल पासवानलाई नियन्त्रणमा लिएको हो ।

शुक्रबार बिहान १० बजेको समयमा सडक खण्डमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा पासवान सवार भारतीय नम्बर विआर २२ एटी ८४९८ नम्बरको मोटरसाइकल चोकर रितपूर्वक चेक गर्दा उनले बोकेको ब्याग भित्र लुकाई छिपाई राखिएको लागूऔषध चरेस बरामद गरेको थियो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साक प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार पास्वानको झोलाबाट ५ सय ग्राम तौल भएको २० वटा चरेसको प्याकेट बरामद गरिएको छ । जसअनुसार बरामद चरेसको कूल तौल १० किलोग्राम हुन् जान्छ ।

पक्राउ परेका पासवान र उनि सवार मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर अनुसन्धानको प्रकिया अगाडि बढाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -