सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
21 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

विद्युत् प्राधिकरण गौरका कर्मचारीले अपहरण शैली अपनाए : नेता गुप्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,१३ जेठ । रौतहटको सदरमुकाम गौर नगरपालिकाको पूर्व मेयर तथा नेकपा एमालेका नेता अजय कुमार गुप्ताले नेपाल विद्युत् प्राधिकरण गौरका कर्मचारीले अपहरण शैली अपनाएको गुनासो गरेका छन् ।

- Advertisement -

मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्तामा गौर स्थित  एक समारोहका बीच गुप्ताले विद्युत् चुहावट नियन्त्रण गर्नु प्राधिकरणको दायित्व भए पनि त्यसमा हस्तक्षेप गर्न नमिल्ने बताए । विद्युत् चुहावट नियन्त्रणको नाउँमा घरका सबै सदस्य सुतेको अवस्थामा ढोका फोडेर कसैलाई अपहरण शैलीमा उठाएर लैजाने काम भइरहेको गुप्ताले बताए।

उनले भने यदि कोही कसैले विद्युत् चुहावट गर्छ भने स्थानीय जनप्रतिनिधिको रोहवरमा त्यसलाई पक्राउ गर्नु गर्नुपर्छ। तर सशस्त्र प्रहरीको आडमा कसैको आफन्त आइरहेको समय घरमा विशेष कार्यक्रम भएको समय मध्य राति उठाएर लैजाने अधिकार कुनै कानुनले दिएको छैन।

- Advertisement -

यस्ता गतिविधि नियन्त्रण गर्न गुप्ताले कार्यक्रममा सहभागी मुख्यमन्त्री यादव र सिडिओ धर्मेन्द्र कुमार मिश्रको ध्यानाकर्षण गराएका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -