बीरगन्ज,१३ जेठ – नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा देशैभरी बिधित कार्यक्रमको आयोजना गरेको छ । यसैबिच नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा पर्सा शाखाले बीरगन्जमा पनि प्रभातफेरी निकालिएको छ । स्थापना दिवसको अवसरमा प्रेस युनियन पर्सा शाखाले आज शनिवार बिहान प्रभात फेरी निकालेको हो । बीरगन्जको घण्टाघरबाट शुरु भएको प्रभात बीरगन्ज महानगरको मुख्य बजारको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष अशोक तिवारी लगायतकाले सम्बोधन गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै अगुवा पत्रकारहरुले लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरुको भुमिका तथा पत्रकारहरुले वर्तमान अवस्थामा भोगी रहेको समस्याहरुको बिषयमा आवज बुलन्द गरेका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाका अध्यक्ष बिजय चौहानको अध्यक्षमा सम्पन्न एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख अतिथिमा सम्पन्न भएको कोण सभामा नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,नेपाल प्रेस युनियनकी केन्द्रिय सदस्य निलिमा पौडेल, नेपाल प्रेस युनियन पर्साका पुर्व अध्यक्ष रामनारायण कुर्मी,नेपाल प्रेस युनियन पर्साका पूर्व किशोर सिंह लगायतको उपस्थिती रहेको थियो ।