शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ ।

- Advertisement -

शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक गरेको हो ।

गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री दाहालको याे पहिलो विदेश भ्रमण हुन लागेकाे हाे ।

- Advertisement -

प्रधानमन्त्री दाहालको भ्रमणटोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री दाहालले जेठ १८ गते नरेन्द्र मोदी र प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नु हुनेछ । त्यसपछि दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालयले जनाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -