मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु नै हो: रवि लामिछानेले

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले के कामलाई कति प्राथमिकताका साथ अगाडि बढाउने विषयमा आफूहरूसँग ‘चेकलिष्ट’ नै भएको बताएका छन् ।

- Advertisement -

रास्वपाको ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै लामिछाने यस्तो दाबी गरेका हुन् । रास्वपा जनताको आवश्यकताको कारण जन्मिएको पार्टी भएको हुनाले यसले जनताका आवश्यकता अनुरूप ‘चेकलिष्ट’ नै तयार पारेको र उक्त ‘चेकलिष्ट’ को पहिलो नम्बरमा नै भ्रष्टाचार अन्त्य भनेर लेखिएको लामिछानेको भनाई छ ।

‘पहिला के गर्ने र पछि के गर्ने भन्ने कुराको चेकलिष्ट राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ र त्यो चेकलिष्टको बुँदा नम्बर १ मा भ्रष्ट्राचार अन्त्य भनेर लेखेका छौँ । हामीले चेकलिष्ट अनुसार काम गर्छौँ । तपाईँले दिनु भएको चेकलिष्ट समाजले दिएको चेकलिष्ट’ उनले भने ‘हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु नै हो । हामी हाम्रो चेकलिष्टमा भएका सबै काम गर्छौँ । तर जत्ति भोक लागे पनि थाल खान सकिन्न खाने भनेको गाँस नै र हाम्रो पहिलो गाँस भ्रष्टाचारको अन्त्य हो।’

- Advertisement -

शरणार्थी प्रकरणमा मुछिएकाहरू जरा नभई हाँगा मात्रै भएको उनले बताए ।

उनले भने, ‘अहिले शरणार्थी प्रकरणमा मुछिएका मानिसहरू देखेर तपाईँहरूलाई ओहो कत्रा कत्रा मान्छे समातिए भन्ने तपाईँहरूलाई लागेको होला तर म भन्छु अहिले जो देखिएका , ठुला भनिएका नेताहरू जो समातिए ती भ्रष्टाचारका जरा होइनन् हाँगा मात्र हुन् । अहिले जरा सम्म पुग्न सकेको अवस्था छैन । त्यसैले जरा सम्म पुगोस् भनेर रास्वपाले आवाज उठाउन थालियो ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -