शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

आइपिएल उपाधिका लागि आज चेन्नई र गुजरात भिड्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१४ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२३ को उपाधिका लागि आज आइतबार चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् ।

- Advertisement -

यी दुईबीचकाे फाइनल खेल नेपाली समय अनुसार बेलुकी पाैने ८ बजे गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु हुनेछ । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।

विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ ।

- Advertisement -

जारी आइपिएलमा चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हाे । गुजरातले भने दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसंगकाे भेट पक्का गरेको हो ।

गुजरातका युवा ओपनर शुभमन गिल र चेन्नईका ऋतुराज गायकवाड दुबै टोलीका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटर उच्च लयमा छन् । यता चेन्नईका डेभन कन्वे र ऋतुराज गायकवाडले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

आइपिएलमा चेन्नई र गुजरातबीच अहिलेसम्म चार खेल भएकाेमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएकाे छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार