बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

प्रधानमन्त्रीको भारत भ्रमण : पहिलो दिन के-के भए ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ जेठ – चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भारतमा छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी यहि जेठ १७ गते नेपाल एयरलाइन्सको नियमित उडानमार्फत जम्बो टोलीसहित नयाँ दिल्ली पुगेका हुन् ।

- Advertisement -

उनी भ्रमणको पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएका छन् । बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्रीलाई भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरे ।

प्रधानमन्त्री प्रचण्डको स्वागतमा विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शन गरिएको थियो । प्रचण्डको स्वागतमा नयाँदिल्लीका सडकसहित प्रमुख स्थलमा उनका फोटोअंकित स्वागत गेट, ब्यानर र होडिङ बोर्ड राखिएका छन् ।

- Advertisement -

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल होटल मौर्यमा बसेको छ । प्रधानमन्त्री प्रचण्ड बसेको होटलमा पुगी बुधबार साँझ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शिष्टाचार भेट गरे । सो भेटमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रा पनि सहभागी थिए ।

उक्त भेटघाटलगत्तै प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भए । सो अवसरमा प्रधानमन्त्रीले भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -