बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

प्रधानमन्त्रीले राष्ट्र हित विपरित सम्झौता गर्नसक्ने सम्भावना छ : इश्वर पोखरेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ जेठ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने जनाएका छन् ।

- Advertisement -

नेकपा एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत बताएका छन् ।

एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित कुनैपनि सहमति सम्झौता मान्य नहुने उनको भनाई थियो । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरुलाई आव्हानसमेत गरेका छन् ।

- Advertisement -

सोही अवसरमा नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव र जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन्।

गोलबजार नगरपालिकामा भने आज पार्टी प्रवेश कार्यक्रममा धेरैजसोले गएको प्रदेश तथा प्रतिनिधीसभाकै निर्वाचनको वेला पार्टी प्रवेश गरेकाहरुको लर्को रहेको देखिएको बताए। नेकपा एमालेकै एक कार्यकर्ताले भने, ‘पार्टी प्रवेश भनेपनि गत प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचनकै क्रममा पार्टीमा आएकाहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यजस्तो भयो।’

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लाका निर्वाचित नगरपालिकाका मेयर तथा अध्यक्षहरु र पार्टीका नेताहरुको उपस्थिति रहेको थियो। सभार : दृश्टी न्युज

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -