बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

बालकृष्ण खाणको पक्षमा दर्जन बढी वकिलले बहस गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२१ जेठ –  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको मुद्दामा आजदेखि थुनछेक बहस हुँदैछ ।

- Advertisement -

जिल्ला अदालत काठामाडौंमा शुक्रबार १८ जनाकै अदालती बयान सकिएसँगै आजदेखि पुर्पक्षका लागि जेल पठाउने कि कारागार बाहिरै राखेर मुद्दा चलाउने भन्ने विषयमा बहस हुने भएको हो ।

यसै प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ जना पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढी कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

- Advertisement -

पूर्वगृहमन्त्री बालकृष्ण खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादवले बहस गर्दैछन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने छन् ।

त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अधिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका अध्यक्ष हुन् । पूर्वमहान्यायाधिवक्ता खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -