बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

१४ दिने छोराको हत्या आरोपमा बाबु पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२४ जेठ । आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । जन्मिएको १४ दिन भएको छोराको हत्या आरोपमा बारा देवताल गाउँपालिका वडा नं.४ का नूर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

उनले जेठ १४ गते साँझ १४ दिनको आफ्नो छोराको हत्या गरेको प्रहरीले जनाएको छ । छाेराको हत्या गरी फरार रहेका उनलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका वडा नं.१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो ।

फरार रहेकाले खोजतलास गरी पक्राउ गरिदिनु हुन भनी बारा प्रहरीबाट पत्राचार भई आएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -