बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ जेठ । बारामा रहेको पतञ्जली आयुर्वेद प्रालिमा जागिर लगाइदिने प्रलोभन दिइ रकम ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहदुरमाई नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अंकेश कुशवाहा रहेका छन् । कुशवाहालई प्रहरीले गत मंगलबार पक्राउ गरेको हो ।

- Advertisement -

कुशवाहाले गत साउन ५ गते पर्साकै विन्दवासिनी गाउँपालिका ४ का २० वर्षीय अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रालिमा कामदारको खाँचो रहेको र आफू उक्त कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनेर उक्त कम्पनीको नक्कली परिचय पत्र देखाइ २५ हजार रुपैयाँ लिएको आरोप छ ।

पिडित अमनले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी सम्बन्धी कसुर मुद्दाको जाहेरी दरखास्त दिएपछि प्रहरीले अंकेशलाई खोजतलास गर्ने क्रममा मंगलबार उनकै घरबाट पक्राउ गरेको हो ।

- Advertisement -

अंकेश विरुद्ध ठगी सम्बन्धीको कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -