बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

बीरगन्जको नारायणी अस्पतालमा एमआरआई सेवा आगामी असार १५ गतेदेखि सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ जेठ । बीरगन्जको नारायणी अस्पतालमा एमआरआई सेवा आगामी असार १५ गतेदेखि सुरु हुने भएको छ ।

- Advertisement -

अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले एमआरआई सेवा असार १५ गतेदेखि सुरु गर्नेगरि अन्तिम तयारी गरिरहेको जानकारी गराएका हुन् ।

यसअघि केहिदिन पहिले विभिन्न सञ्चारमाध्यममा ‘ ३० करोडको एमआरआई मेसिन अढाइ महिनादेखि अलपत्र’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचार प्रति अस्पतालको ध्यानाकर्षण भएको जनाउदैं डाक्टर सिंहले फागुन दोश्रोसाता नै एमआरआई मेसिन आइसकेको भएपनि जडानका लागि आवश्यक अन्य सामग्री नआएका कारण मेसिन जडान हुन नसकि सेवा सुरु गर्न नसकिएको विज्ञप्ति मार्फत जनाएका छन् ।

- Advertisement -

तर अब एमआरआई मेसिन जडानको कार्य अन्तिम चरणमा पुगिसकेको र सञ्चालनका लागि आवश्यक सामग्रीहरुपनि आपुर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले अस्पतालमा उपलब्ध गराइसकेकाले जडानको सबै काम सकाएर असार १५गतेदेखि एमआरआई सेवा सुरु गरिने डाक्टर सिंहले बताए ।

एमआरआई मेशिन जडान र सञ्चालनका लागि आवश्यक म्याग्नेट र हिलियम ग्याँसका साथै नियमित विद्युती आपुर्तिका लागि आवश्यक जेनेरेटर आपुर्तिकर्ता कम्पनिले बुधबारमात्रै अस्पतालमा उपलब्ध गराएकाले जडानको काम तिब्र गतिमा अगाडि बढाइएको पनि डाक्टर सिंहले जानकारी दिएका छन् ।

जडानको सबै काम सकाएर विज्ञको टोलीले असार १५गतेभित्र अस्पताललाई हस्तान्तरण गर्ने र त्यहिदिन देखि अस्पतालले एमआरआई सेवा सुरु गर्ने डाक्टर सिंहले बताएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -