बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

एसइई नतिजा असार तेस्रो सातामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ । अहिले विभिन्न केन्द्रमा परीक्षण गरिएको उत्तरपुस्तिकाको नतिजा केन्द्रमा ल्याउने काम भइरहेको बोर्डले जनाएको हो ।

- Advertisement -

विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले बताए । बोर्डले उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा केन्द्र तोकेको छ ।

ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्नेछ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइने परीक्षा नियन्त्रक श्रेष्ठको भनाइ छ । गत १७ देखि २९ चैतसम्म सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी थिए । छात्र र छात्राको संख्या क्रमशः २ लाख ४२ हजार ६७४ र २ लाख ४२ हजार ७१२ थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -