रौतहट,२७ जेठ । किर्ते मुद्दामा फरार एक जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका–६ स्थित खतवहियाका ६८ वर्षीय जिकरुलाह अन्सारी छन् ।
जिल्ला अदालत रौतहटबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अन्सारीलाई ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले शुक्रबार राति पक्राउ गरेको हो ।
किर्ते मुद्दामा जिल्ला अदालत गौरले ८ लाख जरिवाना गरेको र उक्त जरिवाना नतिरी फरार रहेका अन्सारी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
- Advertisement -