बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

सर्लाहीकाे कृष्णदेवी माविमा बेवारिसे अवस्थामा एक युवकको शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही । सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो ।

- Advertisement -

शनिबार विद्यालय बन्द भएको र आइतबार बिहान स्कुल पुगेका स्थानीयले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सो घटना पछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले बताए ।

उनका अनुसार मृतकको शवमा कुनै प्रकारको चोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुन सक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भइरहेको उनले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -