बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
23.2 C
Kathmandu
26.3 C
Birgunj

सुन प्रकरण : राजस्वले सीआईबीलाई बुझायो पक्राउ परेका अभियुक्त र अनुसन्धान फाइल

सिफारिस

काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक सय किलो सुन र उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा बुझाएको छ। आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए ।

- Advertisement -

पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए ।गत साउन ३ गते राज विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो ।
हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् ।

सरकारले गत बिहीबार मात्रै राजस्वले अनुसन्धान गरिरहेको यो प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने निर्णय गरिसकेको छ।सरकारको उक्त निर्णयपछि आइतबार राजस्वले अनुसन्धानका सबै फाइल र पक्राउ परेकाहरुलाई समेत प्रहरीमा हस्तान्तरण गर्न लागेको हो।

- Advertisement -

उता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान अधिकृत तोकिसकेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -