शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

मधेश प्रदेशमा मैथिली भाषालाई कामकाजी रुपमा कार्यान्वयन गर्न सरकारलाई ज्ञापन पत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२२ साउन । मैथिली भाषालाई मधेश प्रदेशको कामकाजी भाषाको रुपमा कार्यान्वयन गर्न सरकारलाई ज्ञापन पत्र र हस्ताक्षर संकलन बुझाइएको छ । अप्पन विराटगढ परोपकार समाजसहितका संस्थाले संयुक्त रुपमा आइतबार मधेश प्रदेशकी मन्त्री सुरिता साहलाई ज्ञापन पत्र बुझाएको हो ।

- Advertisement -

समाजकी अध्यक्ष बसुन्धरा झाले ज्ञापनपत्र बुझाउँदै मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मधेश प्रदेशमा भाषा आयोगले सिफारिस गरेको बताउँदै हिन्दीलाई कामकाजी भाषा बनाउने षड्यन्त्र भइरहेको आरोप लगाइन् ।

मधेश प्रदेशमा बहुसंख्यक मैथिली भाषा भाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहट्ने उनको भनाइ छ । उनले कठोर पर्वको रुपमा रहेको जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिइ सार्वजनिक विदाको घोषणा गर्नुपर्ने समेत माग गरेकी छन् । ज्ञापनपत्र बुझाउन सखिबहिनपा मैथिलानी समूह, मैथिली विकास कोषलगायतका संस्थासमेतको सहभागिता थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -