बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

संसदको अवरोध हट्यो, सुन तस्करी प्रकरणबारे गृहमन्त्रीले जवाफ दिने

सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न संसदमा रहेका राजनीति दलहरुबीच सहमति भएको छ । सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा संसद सञ्चालन गर्ने विषयमा सहमति जुटेको हो ।
बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ । त्यसपछि गृहमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने सहमति बनेको सभामुखको सचिवालयले जनाएको छ ।

- Advertisement -

संसद् भवन नयाँ बानेश्वरमा सभामुखसँगको छलफलका क्रममा सत्तापक्ष प्रमुख सचेतकहरुले संसद् बैठकमा प्रतिपक्षले गृहमन्त्रीको जवाफ सुन्नुपर्ने बताएका थिए ।

संसद्को गतिरोध अन्त्य गर्नका लागि बिहान बालुवाटारमा सभामुखसहित प्रमुख नेताहरुको बैठक बिना सहमति टुङिगएको थियो । दिउँसो ३ बजेका लागि बोलाइएको आजको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

- Advertisement -

प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिुभवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -