हेटौंडा । मकवानपुरको बागमती गाँउपालिका ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा हराइरहेका ६ जनामध्ये एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ।
उद्धार गरिएकामा सिन्धुली हरिहरपुर १ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन्।
बिहानदेखि हराइरहेका उनलाई अपरान्ह घटनास्थलदेखि झण्डै ७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनको खुट्टा भाँचिएको र आफन्त र स्थानीयसहित एम्बुलेन्समार्फत उपचारका लागि हेटौंडा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
हराइरहेका स्थानीय अक्कल बहादुर स्याङ्तानन, छोरी २२ बर्षीय शिला स्याङ्तान, शिलाका श्रीमान २५ बर्षीय जीवन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरीको खोजी जारी रहेको जनाइएको छ।
पहिरोमा परी उद्धार गरिएकी अक्कल बहादुरकी श्रीमती ५५ बर्षीया शन्तमाया स्याङ्ताननको बिहानै मृत्यु भएको थियो।
हराइरहेका ५ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।