शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

गौर हत्याकाण्डबारे छानबिन गर्ने गृह मन्त्रालयको सहमतिपछि सशंकित उपेन्द्रलाई फकाउँदै प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२५ साउन । गौर हत्याकाण्डबारे अनुसन्धान गर्ने र दोषीलाई कानुनी कारबाहीमा ल्याउने सहमति गरेपछि झस्किएका उपेन्द्र यादवलाई विश्वासमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयास थालेका छन् ।

- Advertisement -

गृह मन्त्रालय र गौर हत्याकाण्डका पीडितहरूबीच ५ बुँदे सहमतिपछि उपेन्द्र यादव सरकार छोड्ने मनस्थितिमा पुगेको बताइएको थियो । त्यो सन्देश यादवले कांग्रेस सभापति शेरबहादुर देउवासम्म पुर्‍याएका थिए । गृह मन्त्रालयमा सहमति भएकै दिन देउवालाई भेटेर यादवले त्यो सन्देश दिएका थिए ।

त्यसको भोलिपल्ट बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेका थिए । देउवासँगको भेटपछि प्रचण्ड सरकारमा यादवको निरन्तरताका लागि विश्वास दिलाउने प्रयास गरिरहेको माओवादी स्रोतको भनाइ छ ।

- Advertisement -

स्रोतका अनुसार प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवलाई गृह मन्त्रालयको सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा विश्वास दिलाउने प्रयास गरेका हुन् । गौर हत्याकाण्डका फाइल तत्काल नखोल्ने सांकेतिक जवाफ प्रचण्डले दिएका छन् ।

७ चैत २०६३ को उक्त घटना खासमा माओवादी नेता प्रभु साह र तत्कालीन मधेशी जनअधिकार फोरम र अहिले जसपाका अध्यक्ष उपेन्द्र यादवको द्वन्द्वको परिणाम भएको पनि आरोप लागेको छ । त्यतिबेला फोरममा लागेका नेताहरू माओवादी नेता साहमाथि आरोप लगाइरहेका छन् ।

त्यतिबेला फोरममा रहेका र अहिले माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले पनि सार्वजनिक रूपमा नै साहमाथि दोष थोपरेका छन् । गौर हत्याकाण्डमा साहको भूमिका रहेको आरोप लगाइरहेका छन् ।

उक्त घटनाको समयमा फोरमको महासचिव रहेका शर्माले उक्त आरोप लगाए पनि फोरमले सुनियोजित रूपमा माओवादी कार्यकर्तामाथि आक्रमण गरेको आरोप छ । उक्त घटनामाथि छानबिन भएमा उपेन्द्र यादव मात्र होइन, शर्मा पनि मुछिने संभावना हुन्छ । त्यसैले उनी अहिले नै साहमाथि आरोपित गर्न थालेका छन् ।

तर, आन्दोलनलाई उठाउने भूमिकाचाहिँ साहको हो भन्ने बुझाइमा यादव र शर्मा रहेको देखिन्छ । तर, सरकार र गठबन्धन जोगाउन प्रचण्डले गृह मन्त्रालयको सहमति कार्यान्वयन गर्न पछाडि हट्ने संकेत गरेका छन् ।

जसपाका नेताहरू भने उक्त मुद्दा उठाउन नमिल्ने बताइरहेका छन् । यदि, उठाउनै पर्ने भए उच्चस्तरीय संसदीय समिति बनाउनुपर्नेमा उनीहरू छन् । जसपाका प्रवक्ता मनिष सुमन गौर हत्याकाण्ड छानबिन गर्ने नाममा गठबन्धनभित्र समस्या सिर्जना गर्नु गलत भएको बताउँछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -