काठमाडौं,२६ साउन । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले लगातार नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो।
रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।