शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
24.3 C
Birgunj

सुन प्रकरणमा आवाज उठाउने सांसद शर्मालाई पक्राउ गरेकोमा एमालेको आपत्ति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,२६ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा आवाज उठाउने नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ।

- Advertisement -

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेकी सांसद ज्वालाकुमारी शाहले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्दै आएका सांसद शर्मालाई एकाएक पक्राउ गरेकोमा आपत्ति जनाएकी हुन् । सुन प्रकरणमा आवाज उठाउनेको बोली बन्द गर्न सरकार लागिपरेको उनको आरोप छ ।

‘सांसद शर्माले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनुपर्छ भनिरहनुभएको थियो । अर्थमन्त्री र गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउनुपर्छ भनिरहनु भएका उहाँलाई कुन हिसाबले पक्राउ गरियो ? कानूनले पनि मिल्दैन । उहीले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ । यसमा हाम्रो आपत्ति छ।’ उनले भनिन् ।

- Advertisement -

सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको थियो। सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आज पनि सोही माग राख्दै संसद बैठक अवरुद्ध गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -