काठमाडौँ । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् ।
भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।
यसअघि सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।